ढिकुराको टुटिना डाँडागाउँमा एक १४ वर्षिय किशोर झुन्डिएको अवस्थामा मृत फेला

ढिकुराको टुटिना डाँडागाउँमा एक १४ वर्षिय किशोर झुन्डिएको अवस्थामा मृत फेला


अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको टुटिना डाँडागाउँमा एक किशोर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।    

डेभा लगायत 

ढिकुराको टुटिना डाँडागाउँका लक्ष्मण नेपालीका १४ वर्षिय छोरा  सन्दिप नेपाली डेभा मुनिको छिरलिंङ खोलामा रहेको गोठमा सोमबार झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

स्थानिय राजु सारुले दिएको जानकारी अनुसार नेपाली आज सोमबार दिउसो १२:३० बजे खाना खाएर छिरलिंङ खोलामा रहेको गोठमा गाईबस्तुलाई घाँस हाल्न हिंडेका थिए । उनी नजिकैको श्री देउराली आधारभुत बिधालय भेडीखोरमा कक्षा ५ मा अध्यनरत थिए ।

प्रहरीले सम्पूर्ण मुचुल्का उठाएको र आत्महत्या हुन सक्ने अनुमान गरेको छ ।  

पोष्टमाटमको लागि शवलाई जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

अर्घाखाँचीमा पछिल्लो समय आत्महत्याका घटना बढेको देखिन्छ । 

अन्य समाचारहरु