सितापुरमा टिप्पर एक आपसमा ठोक्किदा दुर्घट्ना | सन्धिखर्क - गोरुसिङ्गे सडकमा एकदम खराब

सितापुरमा  टिप्पर एक आपसमा ठोक्किदा दुर्घट्ना | सन्धिखर्क - गोरुसिङ्गे सडकमा एकदम खराब


अर्घाखाँचीडट्कम संवाददाता  

सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क - गोरुसिङ्गे सडक अन्तरगत शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुर स्थित गैरिखेतको ओरालोमा दुई टिप्पर एक आपसमा ठोक्किदा  दुर्घट्ना भएको छ । 


सितापुर स्थित गैरिखेतको ओरालो (स्वास्थ्य चौकी माथि) मा बिहीवार बिहान ढुङ्गा बोकेका टिप्पर एक आपसमा ठोक्किदा दुर्घट्ना भएको हो ।


ब्रेक फेल भएर दुर्घट्ना भएको बताइएको छ । साथै दुर्घट्ना भएको टिप्परका कारण अन्य सवारीसाधन आवत जावतमा अबरुद्द भएको थियो । अहिले टिप्पर सडकबाट निकालिएको छ । भने सडक सुचारु भएको छ ।

सन्धिखर्क - गोरुसिङ्गे सडकमा खराब सडक, पुराना सवारीसाधन र ड्राइभिङ लापरवाहीका कारण नियमित सवारीसाधन दुर्घट्ना भएको देखिन्छ ।  

तस्बिरहरु:- सचिन बोहोरा 

अन्य समाचारहरु