बल्कोटको महेन्द्र विद्याबोध मावीबाट २०५८ मा एस.एल.सी दिएका विद्यार्थीको पुन: मिलन कार्यक्रम बुटवलमा सम्पन्न

बल्कोटको महेन्द्र विद्याबोध मावीबाट २०५८ मा एस.एल.सी दिएका विद्यार्थीको पुन: मिलन कार्यक्रम बुटवलमा सम्पन्न

केशब पन्थी 

बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका स्थित बल्कोटमा रहेको महेन्द्र विद्याबोध उच्च माध्यमिकमा २०५८ सालमा एस.एल.सी दिएका विद्यार्थीको भेटघाट तथा पुन: मिलन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । 


बल्कोटको महेन्द्र विद्याबोध उच्च माध्यमिकमा २०५८ सालमा एस.एल.सी दिएका विद्यार्थीको आज शनिबार भेटघाट तथा पुन्र: मिलन कार्यक्रम बुटवलको फुलबारीमा सम्पन्न भएको हो । 

उक्त कार्यक्रम आफुलाई अध्यन गराउनु भएका शिक्षक राम प्रसाद पाण्डे र नर बहादुर पन्थीलाई सम्मान गरिएको थियो । झन्डै २० बर्षमा यसरी भेटघाट हुँदा सबै पुर्ब विद्यार्थीहरु खुशी भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थी टेकराज भुसालले बताए । 

झन्डै ३० जनाको उपस्थिति रहेकोक कार्यक्रममा  अब आउदा कार्यक्रम बल्कोटमै गर्ने बताईएको छ ।

अन्य समाचारहरु