काठमाडाैं उपत्यकामा अर्को हप्ता असोज १ गतेबाट विद्यालय खुल्ने

काठमाडाैं उपत्यकामा अर्को हप्ता  असोज १ गतेबाट विद्यालय खुल्ने


विष्णु पाण्डेय    गोरखापत्र 

काठमाडौं,भदौ २१ गते । काठमाडाैं उपत्यकामा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न  पाइने भएकाे छ । 

 जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आज  भएको छलफबाट साे निर्णय भएकाे हाे  । जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलले असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिवद्धता जनाएको पराजुलीले बताउनुभयो ।

छलफलमा जिल्ला भित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाईनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रकृया अगाडि बढाईएको उहाँको भनाई छ ।

अन्य समाचारहरु