सन्धिखर्कमा बालदिवसको अवसरमा सामाजिक अभियान्ता विजुला रायमाझीद्वारा १५ जना बालबालिकालाई सम्मान तथा पुरस्कृत (फोटो सहित)

सन्धिखर्कमा बालदिवसको अवसरमा सामाजिक अभियान्ता विजुला रायमाझीद्वारा १५ जना बालबालिकालाई  सम्मान तथा पुरस्कृत (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ संखेटारीमा ५७ औं  बालदिवसको अवसरमा बाल प्रतिभा प्रस्तुति र पुरस्कार तथा प्रमाणपत्र  वितरण कार्यक्रम सम्पन्न भएको छ । 


सामाजिक अभियान्ता विजुला रायमाझीको प्रायोजनमा मंगलवार सन्धिखर्कमा  ५७ औं  बालदिवसको अवसरमा बाल प्रतिभा प्रस्तुति र १५ जना बालबालिकालाई पुरस्कार तथा प्रमाणपत्र  वितरण कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालको प्रमुख आतिथ्यता, ज्ञान बहादुर क्षत्रीको अध्यक्षता तथा आयोजक विजुला रायमाझीको संचालनमा सम्पन्न भएको थियो । यस्तै कार्यक्रममा कुल बहादुर नेपाली  प्रतिश्ठानका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।


साथै वादी समुदायका बालबालिकाको प्रतिभा विकास गर्ने उदेश्यले सृजशील बाल क्लव गठन र निशुल्क पुस्तकालय परिचापत्र वितरण समेत गरिएको छ । 

अन्य समाचारहरु