अर्घाखाँचीकी २ छोरा-छोरी छोडेर भारतबाट बेपत्ता महिला माईती घर छु भन्दै फेरि संपर्क बिहिन

अर्घाखाँचीकी २ छोरा-छोरी छोडेर भारतबाट बेपत्ता महिला माईती घर छु भन्दै फेरि संपर्क बिहिन
 


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको पानडाँडा घर भएकी भारतको चन्ढिगढबाट बेपत्ता महिला फेरि संपर्क बिहिन भएकी छिन् । 



भारतको चन्ढिगढबाट बेपत्ता नुवाकोटको पानडाँडाका सुभाष जिसीकी ३० वर्षिया पवित्रा न्यौपाने २ हप्तापछि नेपालको नम्बरबाट फोन गरेको श्रीमानसँग संपर्क गरेपनि  फेरि संपर्क बिहिन भएकी हुन् । पवित्राले नेपालको नम्बरबाट आफ्नो श्रीमानसँग कुराकानी गरी  आफु आफ्नै बुवा मम्मीहरुसँग माईत रहेको भनेर बताएकी थिईन् । तर श्रीमानले माईत फोन गर्दा पवित्रा नआएको माईती पक्षको भनाई छ ।    

भारतको चन्ढिगढ सेक्टर 31-D HOUSE NO-3187 मा बसोबास गर्दै आएकी पवित्रा गएको सेप्टेम्बर ६ तारिखको दिन श्रीमान ड्युटी गर्न गएको, ११ वर्षिया छोरी स्कुल गएको र  बर्ष ७ को छोरालाई म एकैछिनमा आउन्छु घरबाट हिंडेकी थिईन् । 

माईती घर ठाडा अमराइको सानो दहमा रहेको पवित्रालाई चिनेजानेको आफन्त, साथीकोमा खोजी गर्दा पनि संपर्कमा नआएकी भन्दै सुभाषले खिजो दिन नजिकको प्रहरी चौकीमा उजुरी गरेका थिए । 

अन्य समाचारहरु