अर्घाखाँचीमा आज बुधवार १३ जनाले कोरोना जिते, १ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज बुधवार १३ जनाले कोरोना जिते, १ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३६  जना, भूमिकास्थान नगरपालिकामा ६ जना,  शितगंगा नगरपालिकामा १ जना,  मालारानी गाउँपालिकामा ८,       पाणिनी गाउँपालिकामा २३ र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४३६१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९११  जना, भूमिकास्थान नगरपालिकामा ७४०  जना,     शितगंगा नगरपालिकामा ४३५ जना,       मालारानी गाउँपालिकामा ५४६    जना,  पाणिनी गाउँपालिकामा ४३१   जना  र छत्रदेव गाउँपालिकामा २९८  जना संक्रमित रहेका छन् ।   

साथै जिल्लामा पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना जितेका छन् ।   जिल्लामा गत वर्षदेखि आजसम्म  ४२०२ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८४८  जना, भूमिकास्थान नगरपालिकामा ७१९  जना,  शितगंगा नगरपालिकामा ४२१ जना,   मालारानी गाउँपालिकामा ५२४ जना,    पाणिनी गाउँपालिकामा ३९८  जना   र छत्रदेव गाउँपालिकामा २९२   जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८३ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा १०   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।

बुधवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु