अर्घाखाँचीका सबै वार्डहरूमा एमालेको नयाँ नेतृत्व चयन गर्दै एक साथ अधिवेशन सम्पन्न (तस्बिरहरु)

अर्घाखाँचीका सबै वार्डहरूमा एमालेको नयाँ नेतृत्व चयन गर्दै एक साथ अधिवेशन सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै वार्डहरूमा नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्दै एक साथ अधिवेशन सम्पन्न भएको छ ।


जिल्लाका सबै ६१ वार्डहरूमा शनिबार एमालेको नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।


अधिबेशनले सर्वसहमत नेतृत्व चयन गरेको छ । एमालेको नेतृत्वमा अधिकाम्स युवाहरू  चयन भएका छन् । अधिबेशनको भर्चुअल माध्यम  बाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
जिल्लाका ६१ वटा वडामा सम्पन्न अधिवेशनलाई पार्टीका केन्द्र ,प्रदेश र जिल्लाका नेताहरूले समेत सम्बोधन गरेका थिए । 
 

एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले सन्धिखर्कको अर्घा तथा खाँचीकोटमा  आयोजित अलगअलग  कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा एमालेको बहुमत आउने बताउनुभयो । उहाँले  चुनाव हार्ने निश्चित भएपछि  प्रतिक्रियावादीहरुले मोर्चाबन्दी गर्न थालेको आरोप  समेत लगाउनु भयो । 
 

यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाले सन्धिखर्क २,केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्काले मालारानी ६ रतनमारे,केन्द्रीय सल्लाहकार नरेन्द्र कुमार क्षेत्रीले मालारानी- ५ बाँगी,एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले  सन्धिखर्क १ सन्धिखर्क,पार्टी प्रदेश सचिवालय सदस्य रामजी प्रसाद घिमिरेले सन्धिखर्क ६ नरपानीको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।   

अर्घाखाँचीका सबै वार्डहरूमा एमालेको नयाँ नेतृत्व चयन गर्दै एक साथ अधिवेशन सम्पन्न (तस्बिरहरु)

अन्य समाचारहरु