तिलोत्तमा अनेरास्ववियुको नगर कमिटी तथा बधाई कार्यक्रम सम्पन्न

तिलोत्तमा अनेरास्ववियुको नगर कमिटी तथा बधाई कार्यक्रम सम्पन्न


निरु आचार्य नवरश्मी

तिलाेत्त । अनेरास्ववियु तिलाेत्तमा नगर कमिटीद्दारा नेपाल कम्युनिष्ट पार्टी (एमाले) तिलाेत्तमा नगर कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु लाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

तिलोत्तमा नगर पार्टी कार्यलयमा भएको कार्यक्रम नगर कमिटी  अध्यक्ष सराेज खनाल काे अध्यक्षता र नगर कमिटी सचीव सागर घिमिरेको संचालनमा भएको थियो ।

राष्ट्रिय सभाका सदस्य माननीय गाेपाल भट्टराई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रचार बिभाग प्रमुख माेहन चापागाइ ,   जिल्ला कमिटी सदस्यहरु क्रमशः  दिनेश फुल्लेल देबि वाग्ले लगायतको उपस्थित रहेको थियो ।  

नेकपा एमाले तिलोत्तमा नगर कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा तामानाथ पाण्डे , उपाध्यक्षमा नेत्रलाल बन  सचीवमा मीन प्रसाद पोखरेल लगाय्त निर्वाचित भएका थिए ।

कार्यक्रम बोल्दै प्रमुख अतिथीले सङ्गठनले गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै कमिटीलाई थप गतिशिल र मजबुत बनाउन आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा मोहन चापागाईं , देवि वाग्ले र दिनेश फुल्लेलले समेत मन्तव्य  राख्नु भएको थियो ।

नगर कमिटीले सवै वडामा अनेरास्ववियुको  वडा कमिटी गठन गर्ने र आउदै गरेको दिपावलिको अवसरमा देउसी भैलो खेल्ने अनेरास्ववियु तिलोत्तमा नगर कमिटीका अध्यक्ष क. सरोज खनालले जानकारी दिए ।

अन्य समाचारहरु