अर्घाखाँचीका एमाले जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का अन्तत: मन्त्री हुन पाएनन्

अर्घाखाँचीका एमाले जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का अन्तत: मन्त्री हुन पाएनन्


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का अन्तत: मन्त्री बन्न नपाउने भएका छन् । 


यस अगाडि राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका खड्का मन्त्री हुने चर्चा चलेता पनि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीवार थप मन्त्रीहरु नियुक्ति गर्ने लिष्टमा उनको नाम नपरेको हो ।  

यस अगाडि पूर्वमाओवादीको चित्त बुझाउनका लागि खड्कालाई मन्त्री बनाउन प्रधानमन्त्री ओली लागेका बताइएको थियो । 

तर आज ओलीले गृहमन्त्रीमा खगराज अधिकारी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्री, नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषि, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ । थप मन्त्रीहरुको सम्भवतः आज साँझसम्म मन्त्री थपेर पद तथा गोपनीयताको शपथ गराउने तयारी ओलीको छ ।

प्रधानमन्त्री ओलीले अहिले आफूसँग रक्षा, गृह, कृषि तथा पशुपन्छी विकास, उद्योग बाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय राखेका छन् । 

खड्का गत २०७८ ज्येष्ठ १७ गते सोमवार सम्पन्न लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पराजित भएका थिए । विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेय विजयी भएका थिए ।  पाण्डेयले  खड्कालाई ५४६ मतभारले हराएका थिए

पाण्डेयले  ४१४० र खड्काले  ३५९४ मत पाएका थिए ।

अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि गत वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए । 

अन्य समाचारहरु