एलायन्सका उमेदवारको पक्षमा मत माग्न संयोजक शोभाखर पन्थीको आग्रह

एलायन्सका उमेदवारको पक्षमा मत माग्न संयोजक शोभाखर पन्थीको  आग्रह

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची  चैत २३ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका संयोजक शोभाखर पन्थीले ५ संगठनका उम्मेदवारको पक्षमा मतदान गर्न पत्रकारहरुलाई आग्रह  गर्नुभएको छ ।

संयोजक पन्थीले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पत्रकारको हकहित र अधिकारको निम्ति आफुहरुको एलायन्सको पक्षमा मतदान गर्न अग्रह गर्दै प्रेस स्वतन्त्रता र पेशागत मर्यादाको निम्ति आफुहरु दृढता पुर्वक उभिएको वताउनु भयो ।

उहाँले प्रेस चौतारी नेपाल ,प्रेस मञ्च नेपाल ,जन पत्रकार संगठन र संघिय पत्रकार परिषद्का साझा उमेवारहरु अध्यक्ष  भरत के.सी., उपाध्यक्ष गणेश कुमार आचार्य ,उपाध्यक्ष महिला पुष्पा खनाल(सम्झना), महासचिव  बिश्वराज पछल्डङ्म्या(चौधरी) सचिव रमेश पोखरेल, सचिव शमावेसी राजेन्द्र रावत क्षेत्री, कोषाध्यक्ष नन्दराम पौडेल , सदस्य खुल्ला केशर बहादुर रोका, जिवन डागी, कुलराज बन्जाडे, सदस्य महिला सरला सुवेदी, साबित्री रसाइली, दलित सदस्य शान्ती बि .क., सदस्य आदीवाशी जनजाती भिम गुरूङ, सनु थापा, सदस्य मधेसी अंकुश कुमार श्रीवास्तव, तुल्सीराम यादव, सदस्य अल्पसंख्यक ओरिराम चौरासिया को पक्षमा मत माग्न आफ्नो  संगठनका संपूर्ण सदस्यहरुलाई निर्देशन समेत गर्नुभएको छ ।

 एलायन्स भन्दा बाहिर गईअरु उमेदवारको पक्षमा  प्रेस चौतारी नेपालका कुनै पनि सदस्यले मतदान गर्ने ,मत माग्ने तथा लबिङ गर्ने गरेको पाईएमा प्रेस चौतारी नेपालको विधान अनुसार तत्काल कार्वाही गरिने समेत वक्तव्यमा उल्लेख छ । 

उहाँले प्रेस चौतारी नेपाल चैत १९ को सहमतिमा दृढ रहेको उल्लेख गर्दै कुनै भ्रममा नपर्न समेत सबैपक्ष लाई आग्रह  गर्नुभएको छ ।

अन्य समाचारहरु