शितगंगा नगरपालिकामा भारतबाट आउने बढे, ३०० भन्दा बढी क्वारेन्टाइनमा

शितगंगा नगरपालिकामा भारतबाट आउने बढे, ३०० भन्दा बढी क्वारेन्टाइनमा

अराज बेल्बासे

ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा भारतबाट आएका १६८ जना जना  थपीएका छन् ।  

शितगंगा नगरपालिकामा शुक्रबार करीब १४२ जना क्वारेन्टाइनमा रहेकोमा आज १६८ जना आएका छन । । नगरपालिकाले सिमा क्षेत्रबाट गाडी सञ्चालन गर्न थाले पछि आउनेहरु बढ्न थालेका छन । आज वडा नम्बर  १ मा ५  जना लाइ भारतिय सिमा क्षेत्रबाट उद्धार गरिएको छ वडा न१ का वडा अध्यक्ष बुद्धि कृष्ण पौडेलले जानकारी दिनुभयो ।
 
वडा न २ मा हिजो ५० जना र  आज ११ जना आएकोे वडा न २ का वडा अध्यक्ष गोबर्धन थापाले जानकारी दिनुभयो । । वडा न ३ मा  आज ७ आएको र आउने क्रम समेत जारी रहेको वडा न ३ का वडा अध्यक्ष हेमनाथ भसालले जानकारी दिनुभयो । 
 
वडा न ४ मा ७ जना थपिएको वडा न ४ का वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो । ,वडा नं ५ मा १८ जना आएकोे वडा न ५ का वडा अध्यक्ष कमल पौडेले जानकारी दिनुभयो । वडा न ६ मा आज ३२ जना आएको वडा अध्यक्ष रिषी रेश्मी आफुनै सुनौवलको सिमा क्षेत्रमा पुगि उद्धार गर्नु भएको छ भने अन्य आउनेहरुलाइ समेत सुरक्षित ल्याउने तयारी भएको जानकारी दिनु भयो ।  वडा नं ७ मा ९ जना आएको  वडा नं ७ का वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो । वडा न ८ मा ८  आएको वडा न ८ का वडा अध्यक्ष रुकेश आले जानकारी दिनुभयो । 
 
वडा न ९ मा ३ जना आएको वडा न ९ का वडा अध्यक्ष भिम केसी ले जानकारी दिनुभयो ।  वडा न ११ मा २३ जना आएको वडा न ११ का वडा अध्यक्ष कपिल आलेले जानकारी दिनुभयो ।  वडा न १२ मा १४ जना आएको वडा न १२ का वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनुभयो । वडा न १४ मा ३५ जना आएका र १०० जना जति आउनेक्रमा रहेको वडा न १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनुभयो ।  शितगंगा नगरपालिकाका क्वारेन्टिनमा ३१० जना आइसकेका छन भने १४ वटै वडामा आउने क्रम समेत जारी छ नगरपालिकाका ७ हजार ५ सय बढी भारत तथा बिभिन्न स्थानमा रहेका छन ।

अन्य समाचारहरु