छत्रगंजमा २५१ वटा निशुल्क हिल टंकी वितरण (फोटो सहित)

छत्रगंजमा २५१ वटा निशुल्क हिल टंकी वितरण (फोटो सहित)


अस्लम अलि

छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंजमा हिल टंकी वितरण गरिएको छ । 


छत्रगंजमा वार्ड कार्यालयले आर्थिक बर्ष ०७७/०७८ कार्यक्रम अनुसार २५१ वटा निशुल्क हिल टंकी वितरण गरिएको हो । 


वार्ड अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार यस वार्डमा अहिलेसम्म जम्मा ५३७ हिल टकी वितरण गरिएको छ। 


खानेपानीको समस्यालाई समाधान गर्ने उद्देश्यले गरिएको हिल टंकी वितरण कार्यक्रममा  छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सी देवी श्रेष्ठ, वार्ड न.५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त लगायत वार्डका अन्य जनप्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो।

अन्य समाचारहरु