अर्घाखाँचीमा पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र प्रदान (भिडियो, फोटो सहित)

अर्घाखाँचीमा पत्रकार महासंघका  नव निर्वाचित पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र प्रदान (भिडियो, फोटो सहित)

केशब राज ज्ञवाली

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको नेतृत्वको लागि  भएको निर्वाचनको नतिजा औपचारिक घोषणा तथा बिजयी प्रतिनिधिहरुलाइ प्रमाणपत्र बितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ ।


कर्मचारी मिलन केन्द्रको हलमा गरिएको उक्त कार्यक्रममा निर्वाचन अधिकृत बरिस्ठ अधिवक्ता केबि  भुसालले निर्वाचनको मत परिणाम सहित बिजयी प्रतिनिधिहरुको पद र नामावली घोषणा गरेका थिए ।


सोही कार्यक्रममा निर्वाचित पदाधिकारिहरुलाई अधिवक्ता भुसालले शपथ ग्रहण गराएका थिए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , अधिवक्ता केबि भुसाल , नेता प्रेमनारायण गैरे , नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका निवर्तमान सभापती हिम बहादुर जि . सि . लेकाली , प्रगतिशिल पत्रकार संघं नेपालका केन्द्रीय सदस्य श्याम घिमिरे , अध्यक्षमा उम्मेद्बारी दिएर पराजित  गणेश खनाल लगायतले नया कार्यसमितिलाइ सफलताको शुभकामना दिएका थिए ।


शुभकामना दिदै बक्ताहरुले नवनिर्वाचित कार्यसमितिले उत्कृष्ट कार्य गर्दै श्रमजिवी पत्रकारको हकहितमा कार्य गर्ने बिश्वास राखे ।


हार र जितको लोकतान्त्रिक प्रक्रियालाई कुनै दम्भ र प्रतिष्ठाको रुपमा नलिन पनि बक्ताहरुले सुझाव दिए ।


यस्तै नव निर्वाचित अध्यक्ष अशोक खनालले कसैलाइ लाखा र पाखा नलगाइ सत्य र निश्पक्षको लडाइमा कटिबद्ध रहेर लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।


कार्यक्रम महासंघ अर्घाखाँचीका निवर्तमान सभापती हिम बहादुर जिसिको अध्यक्षता र निवर्तमान सचिब सुर्य प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।


अन्य समाचारहरु