बाँगी - रुपन्देही सम्पर्क समाजका अध्यक्ष खड्का एकीकृत समाजवादीमा प्रवेश

बाँगी - रुपन्देही सम्पर्क समाजका  अध्यक्ष खड्का एकीकृत समाजवादीमा प्रवेश


हरि कुँवर

बाँगी, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-५ बाँगी कर्नामारे निवासी समाज सेवि तथा बाँगी - रुपन्देही सम्पर्क समाजका  अध्यक्ष भोज बहादुर खड्का नेकपा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीमा चयन भएका छन् । 


रुपन्देहीमा विभिन्न व्यवसाय गर्दै आएका समाजसेवी भोजबहादुर खड्का  पछिल्लो समय राजनीतिमा सक्रिय भएर लागेका हुन । 
 
नेकपा एकीकृत समाजवादी पार्टी रुपन्देहीको जिल्लाकमिटि सचिवालय सदस्य रहेका खड्काले पदको लागि पार्टी परिवर्तन गरेको भन्ने हल्ला मात्र रहेको बताए । राजनीतिबाट समाजसेवामा थप उर्जा थपिएको खड्का बताउछन । राजनितीले देश, जनता र मुलुकको सेवा गर्नेहो। राष्ट्रलाइ ठुलठुला संकट बाट मुक्त गराइ सबल, समानता र न्यायमुलक समाज निर्माण गर्ने युवाको महत्त्वपूर्ण भुमिका रहेको खड्का बताउछन । 

यस्तै बाँगीका युवा व्यवसायी महेश पन्थी, खिमानन्द आचार्य पनि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।

अन्य समाचारहरु