ठाडाको श्री ज्योति मावि बरबोटमा प्रहरीको घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

ठाडाको  श्री ज्योति मावि बरबोटमा प्रहरीको  घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाको बरबोट स्थित श्री ज्योति माध्यामिक विद्यालयमा प्रहरीको साईवर अपराध, घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरण सम्बन्धी   सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।   

ठाडाको श्री ज्योति माध्यामिक विद्यालय बरबोटमा प्रहरीको साईवर अपराध, घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरण सम्बन्धी   सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।   


ईलाका प्रहरी कार्यालय ठाडाको आयोजनामा "समुदाय-प्रहरी साझेदारी कार्यक्रम" अनुसार "प्रहरी-बिद्यालय सम्पर्क कार्यक्रम" अन्तर्गत ठाडाको बरबोट स्थित श्री ज्योति माध्यमिक बिद्यालयका कक्षा ०९ र १० मा अध्ययनरत छात्र-छात्रा तथा शिक्षक, शिक्षिकाहरु गरी अनुमानित ५० जनाको उपस्थितमा प्र.नि.सन्दिप बेल्बासेले साईवर अपराध, घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा प्रशिक्षण दिनु भएको थियो । 

अन्य समाचारहरु