शितगंगा नगरपालिकामा भारतबाट आउनेको भिड, सितापुर क्वारेन्टाइनमा ५० जनालाई राखियो

शितगंगा नगरपालिकामा भारतबाट आउनेको भिड, सितापुर क्वारेन्टाइनमा ५० जनालाई राखियो

अर्घाखाँचीडट्कम संवाददाता 

सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको सरस्वती माबीमा रहेको क्वारेन्टाइनमा भारतबाट आएका ५० जनालाई वडाअध्यक्ष गोबर्धन थापा,जनप्रतिनिधि प्रशासन, स्वास्थ्यकर्मी, सन्चारकर्मि, बजारबाशी, अभिभावक, अभियानकर्ताको रोहरबरमा १४ दिन अनिबार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएको हुदा उनिहरुलाई राखिएको छ।

५ जना बालवालीका समेत रहेका छन। पिसिआर चेक भैसकेपछि पनि घरमा फेरि १४ दिन होम क्वारेन्टाइनमै बस्नु पर्ने यदी कसैले नियम बिपरित गरि कसै मार्फत सुन्न आएमा कानुनी दायरामा ल्याउने सोहि वाडका अध्यक्ष गोबर्धन थापाले जानकारि दिएका छन । 

साथै भोलि भारतबाट आउने दाजुभाईलाई क्वारेन्टाइनको ब्यबस्थापन घुम्टिमा रहेको शान्ति आधारभुत बिद्यालयमा ब्यबस्था रहेको थापाले बताउनु भएको छ। यदि कसैलाई केही समस्या परेमा मेरो आफ्नै नम्बर ९८५७०६९४०२ कल गर्न थापाले अनुरोध समेत गरेका छन।

अन्य समाचारहरु