भारतको जालन्धरमा प्रगति महिला समूहको प्रथम भेला सम्पन्न

भारतको जालन्धरमा प्रगति महिला समूहको प्रथम भेला सम्पन्न


डिआरजी सुमन

जालन्धर,०१ असार २०७८,पंजाब । भारतको जालंधरमा पुगेका नेपालीहरुकोएकतामा संचालित महिला समूहको प्रथम भेला एक औपचारिक कार्यक्रम विच सम्पन्न भएको छ । 


वर्तमान समयमा जालन्धर जिल्ला हुदै भविष्यमा भारतभरकार्यक्षेत्र वनाउने गरी स्थापित प्रगति महिला समूह को प्रथम भेलामा २५ जनाउपस्थिति रहेको थियो । प्रगति महिला समूह को सचिव विष्णु शर्मा कोसंचालनमा भएको कार्यक्रमको प्रमुख अथिती यातायात व्यावसायि रवी साहरहनु भएको थियो । 


प्रगति महिला समुह को अध्यक्ष विष्णु सिंग ठकुरीको अध्यक्षतामा सम्पन्नकार्यक्रममा प्रमुख अथितीको मन्तव्य रवी साहले गर्दै यस समुहको लागीआवश्यक सहयोग गर्ने वताउनु भएको थियो । यस्तै  प्रत्येक महीनाको १५तारिक मा नियमित वैठक वसी रकम संकलन गर्ने विषयमा अध्यक्ष विष्णुठकुरीले स्पष्ट पार्नु भएको थियो । 


भारतको पंजाव राज्य अन्तर्गत जालंधर जिल्ला स्थित शास्त्री मार्केट प्रजापतिभवनमा १५ जुन २०२१ मा सम्पन्न भेलाले समुहको कार्ययोजना वारे महत्वपूर्णनिर्णय समेत गरेको छ ।


यस्तै कार्यक्रममा प्रगति महिला समूह को कोषाध्यक्ष लक्ष्मी थापा,सलाहकारविष्णु घिमिरे लगायतको मन्तव्य रहेको डिआरजी सुमन फ़ैन्स कल्व सदस्य समेतरहनु भएको प्रगति महिला समुहको सह-सचिव राधा रेग्मीले पत्रकार डिआरजीसुमन लाई जानकारी गराउनु भएको छ । 


तस्वीर:  राधा रेग्मी जालन्धर भारत ।

अन्य समाचारहरु