अर्घाखाँची प्रहरीद्धारा ३५ हजार जरिवाना नतिरी फरार नुवाकोटको करौदीका वृद्धलाई पक्राउ

अर्घाखाँची प्रहरीद्धारा ३५ हजार जरिवाना नतिरी फरार नुवाकोटको करौदीका वृद्धलाई पक्राउ


लक्ष्मण घिमिरे

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले   पक्राउ गरेको छ । 


बैङ्किङ कसुरमा ३५ हजार ७ सय ११ रुपैंया जरिवाना नतिरी फरार रहेका नुवाकोटका ७६ वर्षिय लिलबहादुर कुँवर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले क्षेत्रीलाई घरमै फेला पारी नियन्त्रणमा लिएको र जिल्ला अदालतबाट २०७६ असौज ७ गते फैसला भएको जरिवाना रकम ३५ हजार ७ सय ११ रुपैंया असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य समाचारहरु