दशैं नजिकिएसँगैं नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु

दशैं नजिकिएसँगैं नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु


चितवन । नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । दशैं नजिकिएपछि सडक मर्मतको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गरेको हो । गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव४ किलोमिटर खण्डलाई पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८ दशमलव ५ किलोमिटर खण्डलाई पश्चिम खण्ड बनाएर सडक विस्तारको काम थालिएको हो ।

सडक विस्तारका क्रममा पिचको भाग अधिकांश ठाउँमा भत्काइएकाले यातायात सञ्चालन असहज भएको छ । पूर्वी खण्डमा ५० प्रतिशतभन्दा बढी काम हुनुपर्ने भए पनि अहिलेसम्म ८ दशमलव ५ प्रतिशत मात्र काम भएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा बिस्तार भईरहेको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपँया रहेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु