अर्घाखाँचीका सबै खोप केन्द्रहरुमा कोरोना खोप लगाउनेको भिडभाड, प्रभावकारी सुचना प्रवाह भएन् (फोटो फिचर)

अर्घाखाँचीका सबै खोप केन्द्रहरुमा  कोरोना खोप लगाउनेको भिडभाड, प्रभावकारी सुचना प्रवाह भएन् (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै खोप केन्द्रहरुमा आज साउन ५ र भोली ६ गते ५५ वर्ष माथि उमेर समुहलाई कोरोना बिरुद्दको पहिलो डोज भेरोसिल खोप लगाउनेको भिड लागेको छ ।  


उता जिल्लाका सबै खोप केन्द्रहरुमा प्रभावकारी सुचना प्रवाहको अभावमा खोप लगाउनेको भिड बढेको हो । 


दुई दिन खोप लगाउने कार्यक्रम भएता पनि अस्पष्ट एंव अप्रभावकारी सुचना प्रवाहको कारण भिडभाड बढेको देखिन्छ । 


आज र भोलीको खोप कार्यक्रममा ५५ बर्ष  भन्दा माथिको उमेर समूह, विश्वविद्यालय, विधालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संग्लन खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु लगाउन सक्ने छन् ।    


दुई दिन उमेर समुहका ब्यक्तिहरु उमेर खुल्ने प्रमाणपत्र र अन्य समुहका ब्यक्तिहरु आ-आफ्नो परिचयपत्र सहित सम्बन्धित वार्डको खोप केन्द्रमा आएर पहिलो डोज खोप लगाउन सक्ने छन् । 


साथै जोनसन खोप सिफारिस गरिएका लक्षित समूह र ५५ वर्ष मुनिको उमेर समूहका ब्यक्तिहरुको खोप कार्यक्रम केही दिनमा सार्वजनिक गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

अर्घाखाँचीका सबै खोप केन्द्रहरुमा  कोरोना खोप लगाउनेको भिडभाड, प्रभावकारी सुचना प्रवाह भएन् (फोटो फिचर)

अन्य समाचारहरु