अर्घाखाँचीका ईमोशनल एमाले नेता चन्द्रबहादुर खड्काले मन्त्री नपाएको झोकमा सरप्राइज दिदै, राजनितिक सन्यास लिने संभावना

अर्घाखाँचीका  ईमोशनल एमाले नेता चन्द्रबहादुर खड्काले मन्त्री नपाएको झोकमा सरप्राइज दिदै, राजनितिक सन्यास लिने संभावना


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अन्तिम अवस्थामा मन्त्री बन्न नपाएका नेकपा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज तथा पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले सरप्राइज  (आश्चर्य) घोषणा गर्ने भएका छन् । 


काठमाडौंमा अन्तिम अवस्थामा मन्त्री बन्न नपाएर जिल्ला फर्कदै गरेका ईमोशनल खड्काले भोली सन्धिखर्कमा सरप्राइज  (आश्चर्य) घोषणा गर्ने तयारी गरेका हुन् । 

यस्तै खड्काले सामाजिक सन्जाल फेसबूकमा सरप्राइज दिने घोषणा गरेपछि उनका समर्थक लगायत अन्यले नेकपा (माओबादी केन्द्र) मा फर्कने कि त राजनितिक जिवनबाट सन्यास लिन सक्ने अड्कलबाजी गरेका छन् । 

उता पत्रकार तथा राजनीतिक राजनीतिक विश्लेषक हरि प्रसाद भुसाल भन्छन्; सम्भवत अब सक्रिय राजनितिक जिम्मेवारी छाेडेर राजनितिक सन्यास हुनसक्छ । मन्त्री पदकै अपेक्षामा एमाले कित्तामा उभिनुभएकाे हाेला भन्ने त मलाई लाग्दैन तर राजनितिमा केही अपेक्षा जरुर हुन्छ । उपर्युक्त समय थियाे, पार्टी नेतृत्वले उहाँलाई बाईपास गर्याे । यस्ताे बेला अन्य कुनै दल वा पार्टी राेज्ने बिकल्प पनि उहाँलाई छ । सम्भवत उहाँले याे बिकल्प प्रयाेग गर्नुहुने छैन् ।

खड्काले सामाजिक सन्जाल फेसबूकमा बिहीवार अपराह पोष्ट गरेर भनेका छन्; " नेपालमा हर घटना मुलतः राजनीतिक घटना सर्पराइज(आस्चर्य )दिने खालका हुने गरेका छन!!आज लामो गाडी यात्रामा भएकोले भोलि मैले पनि एउटा सर्पराइज दिने बेला आयो...."

यस अगाडि राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका खड्का मन्त्री हुने चर्चा चलेता पनि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीवार थप मन्त्रीहरु नियुक्ति गर्ने लिष्टमा उनको नाम हटाएका बताइएको छ । 

यस अगाडि पूर्वमाओवादीको चित्त बुझाउनका लागि खड्कालाई मन्त्री बनाउन प्रधानमन्त्री ओली लागेका बताइएको थियो ।

प्रदेश सभा उम्मेदवार हुन नपाएर २०७४ सालको सरप्राइज

चन्द्रबहादुर खड्काले यसभन्दा अगाडि पनि धेरै पटक सरप्राइज दिने घोषणा गरेको देखिन्छ । गत २०७४ सालको निर्वाचनमा आफनै सहकर्मी तथा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टोप बहादुर रायमाझी तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिने घोषणा गरेका थिए । तर बागी उम्मेदवार नदिएर मौन बसेका खड्काले आफ्नो जीवनको पृष्ठभुमि र त्यागको श्रृङ्गखला नै लेखेका थिए । उनले त्यो समय पनि राजनितिक जिवनबाट सन्यास लिने बताउदै आएका थिए ।


असन्टुष्टी रहेका खड्काको बागी उम्मेदवारी दिने भनिरहेका बेला २०७४ कार्त्तिक १६ गते बिहीवार दिउसो १:३० बजेदेखि २:३० बजेको बिचमा एमाले - माओवादी केन्द्र गठबन्धन अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा टाेपबहादुर रायमाझी ( माओवादी केन्द्र), प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य ( एमाले), प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे ( एमाले)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ-आफ्नो उम्मेद्ववारी दर्ता गराएका थिए । 

साथै उम्मेद्ववारी दर्ता गरेको केही दिनपछि राष्ट्रिय सभा सदस्य दिने गरी टोप बहादुर रायमाझीले राष्ट्रिय सभा सदस्य दिने गरी खड्कालाई मनाएका थिए ।  पछि २०७४ माघ २४ गते बुधवार सम्पन्न प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्र बहादुर खड्का २ हजार २ सय ८० मतभारका साथ विजयी भएका थिए ।  


खड्का गत २०७८ ज्येष्ठ १७ गते सोमवार सम्पन्न लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पराजित भएका थिए । विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेय विजयी भएका थिए ।  पाण्डेयले  खड्कालाई ५४६ मतभारले हराएका थिए

पाण्डेयले  ४१४० र खड्काले  ३५९४ मत पाएका थिए ।

अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि गत वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए । 

सम्बन्धित समाचारहरु:- 




अन्य समाचारहरु