सन्धिखर्कमा निर्माण गरिएको कृषि सहकारी हाड बजारको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सन्धिखर्कमा निर्माण गरिएको कृषि सहकारी हाड बजारको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

शोभाखर पन्थी

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा निर्माण गरिएको कृषि सहकारी हाड बजारको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 


सुनुवाई कार्यक्रममा कृषि क्षेत्र लाई व्यवसायीक र आधुनिकीकरण गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । 

प्रदेश सरकार र जिल्ला कृषि सहकारी संघद्वारा सन्धिखर्कमा निर्माण गरिएको कृषि सहकारी हाड बजारको सार्वजनिक सुनुवाई कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले कृषिमा आधुनिकी करण हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका वडा नं. १ का अध्यक्ष युवराज वन्जाडेले अझै पनि बहुसंख्यक कृषकहरूले प्राचिन र  निर्वाह मुखि  खेति गर्दै आएको भन्दै बैज्ञानिक र आधुनिक कृषिको पक्षमा जोड दिनुभयो । 

कृषि सहकारी  वजार निर्माण समितिका अध्यक्ष प्रेमनारायण बेल्वासेको अध्यक्षता र सचिव श्रीधर महत्राको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला कृषि  सहकारी संघका अध्यक्ष लक्ष्मण कँडेल ,कृषि ज्ञान केन्द्रका प्रतिनिधि टेकबहादुर खड्का ,उद्योग सहकारी शाखा सन्धिखर्कका प्रमुख जिवनारायण आचार्य,कृषि शाखा सन्धिखर्कका प्रमुख राजेन्द्र भट्टराई ,युवा परिषद्का अध्यक्ष लिला बि .क.,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष  शोभाखर पन्थी लगायतका वक्ताहरूले मन्तव्य राख्दै कृषि सहकारी हाड बजार निर्माणले कृषि उपज बिक्रीवितरणमा सजिलो हुने बताउनुभयो ।

अन्य समाचारहरु