अर्घाखाँचीमा देऊराली यातायातले आफ्ना यातयात व्यावसायीहरुलाई ७३ लाख राहत बितरण गर्ने

अर्घाखाँचीमा देऊराली यातायातले आफ्ना यातयात व्यावसायीहरुलाई ७३ लाख राहत बितरण गर्ने


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा देऊराली यातायात अर्घाखॅाची प्रा.ली. ले आफ्ना यातयात व्यावसायीहरुलाई ५० हजार राहात दिने निर्णय गरेको छ । 


संस्थाकाे शनिबार बसेकाे बैठकले गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण मर्कामा परेको गाडी धनी, चालक, सह चालक र कर्मचारीहरुलाई ५० हजारका दरले कुल करिव ७३ लाख राहत बितरण गर्ने निर्णय गरेको हो ।

जसमा  प्रति गाडी धनी ४३ हजार, चालककाे लागि प्रति चालक ५ हजार, सह चालककाे लागि प्रतिव्यक्ति २ हजार र कर्मचारिहरुकाे लागि प्रतिव्यक्ति ५ हजार राहत दिईने बताइएको छ । 

यस्तै यातायात व्यावसाय धरापमा परेको भन्दै स्वास्थ्य मापदण्ड पालाना गरेर खोल्न दिन माग गरेको छ । 

देउराली यातायातले मोटरबाटोको सुधार बिस्तार र कालोपत्र हुँदा अहिले जिल्लाका ६१ वडा सहित काठमाडौ बुटवल पोखरा नेपालगंज कृष्णनगर संगै प्युठान, गुल्मी,पाल्पा, कपिलवस्तु,दाङ लगायतका स्थानहरुमा स्तरीय सेवा दिदै आएको छ । 

अघिल्लो बर्ष  व्यवसायी र मजदुरलाई करीब ८० लाख सहयोग गरेको प्रा.लि.ले कोभिड नियन्त्रण र रोकथामको निम्ति जिल्लाका सबै पालिका लाई रु १ लाख एक हजारका दरले सहयोग गरेको थियो ।

उता जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ । भने लामो समय व्यापार बन्द हुँदा भाडा तिर्न नसक्ने अवस्थामा पुगेको व्यापारीहरुले बताएका थिए ।    

अन्य समाचारहरु