शितगंगा नगरपालिकामा कांग्रेस सभापतिमा तीन जना आकांक्षी

शितगंगा नगरपालिकामा कांग्रेस सभापतिमा तीन जना आकांक्षी


झनक केसी

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि होडवाजी चलेको छ ।


नगर सभापति पदका लागि मोती बेल्वासे बाहेक शितगंगा नगरपालिका–७ का वडाअध्यक्ष मोहनप्रसाद पन्थी र नेता नारायण बेल्वासेले सभापति पदमा आकांक्षी छन् ।

शितगंगा नगरपालिकाको नगर सभापति पदमा तीन जनाले आकांक्षा राख्दै १४ वटै वडाका नेता तथा कार्यकर्तासग भेटघाट, छलफल र बैठक जारी राखेका छन् ।

सभापति पदमा नगर संयोजक मोती बेल्वासे पुनः सभापतिमा दोहोरिन खोजेका छन् । वडाअध्यक्ष मोहनप्रसाद पन्थी र नेता नारायण बेल्वासेले सभापति पदमा आकांक्षी छन् । उनीहरु तीनै जनाले नेता तथा कार्यकतासँग लबिङ गरेका छन् ।

कांग्रेसका १४ औं महाधिवेशन भदौं १८ गते वडा अधिवेशन, २७ गते गाउँ र नगरपालिका अधिवेशन, असोज १ गते प्रदेश क्षेत्र अधिवेशन, असोज ५ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक ९ देखि १२ प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

नगर सभापतिका मोती बेल्वासले अप्ठयारो बेला दक्षिण क्षेत्रको संगठन जोगाउँदै ठाडाको सभापति हुँदै नगर संयोजक भएर काम गरेकाले आफु सभापति बन्न चाहेको बताएका छन् ।

मोती बेल्वासे

मोहनप्रसाद पन्थीले कम्युनिष्टको किल्लामा वडाअध्यक्षमा चुनाव जितेर जनताको पक्षमा काम गरिरहेको र दक्षिण क्षेत्रको पाटी संगठन निर्माणमा अहोरात्र खटिएकाले सितगंगामा कांग्रेसको जनाधार बलियो बनाउन आफु नगरसभापति भएका काम गर्न कार्यकर्ताले अघि सारेको बताएका छन् ।

मोहनप्रसाद पन्थी

.नारायण बेल्वासेले दक्षिण क्षेत्रको पाटी संगठन निर्माण देखि विकास निर्माणका काममा सक्रिय भएकाले पाटीको नगर सभापति भएर काम गर्न चाहेको बताएका छन् ।

नारायण बेल्वासे

तीनै जना सभापतिको दौडधुपमा गर्दै आफ्नो पक्षमा माहोल सृजना गर्न लबिङमा छन् ।

अन्य समाचारहरु