बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

बागलुङमा   चट्याङ लागेर १ जनाको मृत्यु,  ३ जना घाइते

बागलुङ । बागलुङमा गएराती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको छ भने ६० वर्षीय सहबीर नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली घाईते भएका छन् । उनीहरूको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । इमेज च्यानलमा समाचार छ । 

अन्य समाचारहरु