खिल्जीमा माओवादी केन्द्रको भेला सम्पन्न, दमासेको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन

 खिल्जीमा माओवादी केन्द्रको  भेला सम्पन्न, दमासेको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन


अर्घाखाँचीडट्कम संवाददाता 

खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं ६ खिल्जीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को वार्ड कमिटीको भेला तथा  बिस्तारित बैठक  सम्पन्न भएको छ । 


भेला तथा  बिस्तारित बैठकले चेतनारायण दमासेको अध्यक्षतामा १९ सदस्यीय वार्ड कमिटी गठन गरेको हो । 

जसको उपाध्यक्षमा गुणानिधि बेलवासे, सचिव पारस बस्नेत सहसचिव शोभाकला सुनार कोसाध्यक्ष झविलाल दमासे तथा सदस्यहरुमा बिश्णी सुनार,लक्षमी गैरे, सरस्वती बस्नेत, मिना बन्जाडे ,हरि प्रसाद गैरे,लक्षमण थापा,पुनाराम गैरे,लाल प्रसाद श्रेष्ठ ,गोम बहादुर बुचा मगर, मणिराम बेलवासे, झविलाल भुशाल,मोहन शिङ्ग थापा, इन्द्रमणी गैरे ,भिम बहादुर  थापा लगायत रहेका छन् ।  


उक्त भेला ने क पा माओवादी केन्द्र जिल्ला कमिटी  अर्घाखाँची का  सचिवालय सदस्य  ठाकुर सौरागको प्रमुख आतिथ्य र भुमिकास्थान नगर कमिटी  सहसचिव  राम प्रसाद गैरेको आतिथ्यमा सम्पन्न भएको थियो । 

सौरागले नवगठित  कमिटीलाई बधाई  तथा शुभकामना  दिदै  पार्टीको बर्तमान परिस्थितिलाई जनतासँग जोडेर आम वार्ड बासीको दुख सुखको साथी बन्न र बिकास समृद्धिको यात्रामा लाग्न गलत कुराको भन्डाफोर गर्दै एकता बद्द पार्टी निर्माणमा लाग्न अनुरोध गरेका थिए । 


बिस्तारित भेला तथा बैठकले आगामी भाद्र महिनासम्म सबै टोल कमिटी निर्माण गर्ने निर्णय  गरेको छ । 

अन्य समाचारहरु