अजय के.सी
काठमाडौं । किस्मत प्रताभ शाहले खेल क्षेत्रमा आफ्नो नाम चम्काउदै छन्न ।
स्थानीय गाउँमा साथीभाई संघ टालाका बल खेल्दै आफ्नो खेलको चाहाना पूरा गर्दै गर्दाको तितो अनुभव सुनाउदै अहिलेको अबस्थाले त्यो दुख बिस्तारै भुल्दैछु भन्नू हुन्छ किस्मत साहा ,,गाउँ स्थरमा हुने भलिबल म्याच हरुमा आफ्नो राम्रो प्रर्दसन गर्दै अहिले रास्ट्रिय खेलकुद सम्मको अनुभव बटुल्न सफल हुनु भएको छ ।
आफू रास्ट्रिय खेलमा रहेता पनि तन, मन, अनि माया भने सधै आफू जन्मियको ठाँउमा नै रहेको बताउदै आफू रोल्पा जिल्लाको टिम क्याप्टेन समेत रहेको बताउनु भयो । क्याप्टेन साहा देख्नमा सरल भद्र अनि असल हुनुहुन्छ,,साथीभाइ हरु शीत छिटो घुलमिल हुन सक्ने क्षमता ,नया खेलाडी हरुलाई साथ सपोट अनि नया जन्मिने खेलाडी हरुलाई हौसला समेत दिनुहुन्छ,,अहिले आफू ईन्डिया आर्मीमा आफ्नो कर्म थलो रहेता पनि मन भने सधै आफू जन्मिएको ठाँउमा नै रहेको बताउनु भयो ।
भलिबल आफ्नो जिन्दगीको पहिलो खुशी अनि चाहाना रहेको बताउदै नया पिडि हरुलाई आफुले सधै साथ र समर्थन गर्ने बताउनु भयो ।