दुखेसो जनताको (कविता)

दुखेसो जनताको (कविता)

पिताम्बर बन्जाडे

भागबन्डा छटनी तिम्लाई चटनी ।
राम्रो काम गर्नेलाई पाँडे पजनी ।।
कतै छैन इमान्दारी छैन सदाचार ।
जता हेर्यो उतै ब्याप्त झुट् र भ्रष्टाचार 
सात बीस मन्तरी हजार सभासद् ।
सेता हात्ती पाल्दापाल्दै जन्तालाई फसाद् ।।
चिल्ला कार तिम्रै छन् महल आलिशान् ।
व्यर्थै पार्यौ जन्ताको त्यत्रो बलिदान् 
आठ राजा उम्रीए एउटा राजा फाल्दा 
देश टाट पल्टिने भो यिनै राजा पाल्दा 
परदेशमा जोतीदा नि जहान पाल्न सास्ती ।
जनताको पसिनामा कोहीलाई भने मस्ती ।।
गरिव दु:खी जनतालाई सधै के खाम् के लाम् ।
यिनलाई भने कार्पेट फेर्दा करोडौं भो झ्वाम् ।।