धारापानीमा माओवादी केन्द्रको अगुवा कार्यकर्ता बैठक सम्पन्न, मंसिर ४ गते वार्ड अधिबेशन हुने (तस्बिरहरु)

धारापानीमा  माओवादी केन्द्रको अगुवा कार्यकर्ता  बैठक सम्पन्न, मंसिर  ४ गते  वार्ड अधिबेशन हुने (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची  जिल्लाको भूमिकास्थान नगरपालिका  वार्ड नम्बर ३, ४ धारापानीमा नेकपा (माओवादी केन्द्र) को अगुवा कार्यकर्ता  बैठक सम्पन्न भएको छ । 

  
धारापानीमा शनिवार नेकपा (माओवादी केन्द्र) को अगुवा कार्यकर्ता  बैठक सम्पन्न भएको हो । 
 

कार्यक्रममा माओवादी  केन्द्रका  जिल्ला संयोजक  ठाकुर कुमार बिक किशोर, प्रदेश  कमिटी  सदस्य  छम कुमारी  खनाल  चिनारी, वार्ड नम्बर ३ का वार्ड अध्यक्ष  तथा जिल्ला  सल्लाहकार  बाल कृस्न बन्जाडे, जिल्ला  समन्वय  समितिका सदस्य  ठाकुर  सौराग, नर बहादुर  मुखिया, ए अ ने शि संगठन केन्द्रिय सदस्य सुभाष  चन्द्र बन्जाडे, जिल्ला  उपाध्यक्ष  रुद्र मनि खनाल,  जिल्ला  सल्लाहकार  गोपाल प्रसाद बन्जाडे, शालिकराम  खनाल, बाबुराम  भुसाल लगायतको उपस्थिती रहेको थियो । 


कार्यक्रममा पार्टी  सुदृढीकरण, सदस्य  नवीकरण तथा  समसामयिक बिषयमा प्रशिक्षण मुलक मन्तव्य  दिईएको  थियो । बैठकले मंसिर  ४ गते  वार्ड अधिबेशन  गर्ने निर्णय  गरेको छ । 


अन्य समाचारहरु