चिदिकाको लामीडाँडाका विभिन्न स्थानमा पहिरोबाट क्षति, त्रासले स्थानियबासी रातभरि जागराम (फोटो फिचर)

चिदिकाको लामीडाँडाका विभिन्न स्थानमा पहिरोबाट क्षति, त्रासले स्थानियबासी रातभरि जागराम (फोटो फिचर)


निरु आचार्य 

चिदिका, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । केही दिन यताको लगातार अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १  चिदिकाको लामीडाँडाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । 


स्थानिय दिनेश ज्ञवालीले जानकारी दिए अनुसार पहिरोले बारीमा भएका खेतिबाली तथा फलफूलको पुर्ण क्षति भएको छ । 


थप पहिरोको डरले आफ्नो घर गोठ नै लग्ने डरले कतिपय स्थानियबासी रातभरि सुत्न समेत नसक्ने अबस्था सृजना भएको छ । 


यस ठाउँमा  पहिरोको उच्च जोखिम समेत  रहेको छ । हिउदको समयमा जथाभावी डाेजर सन्चालन गरेको कारण यो अबस्थामा आइपुगेको स्थानीय बुद्धिजीवी बताउँछन् ।


अत्यधिक वर्षा हुँदै गएको र त्यसले ठाउँठाउँमा असहज अववस्था निम्त्याएको भन्दै त्यस्ता ठाउँहरुमा सबै मिलेर मानवता पर्दर्शन गर्नुपर्नेमा चिदिका काठमाडौं सम्पर्क समाजका सचिब समेत रहेका सुभाष ज्ञवालीले  जोड दिएका छन् । साथै  आफ्नो फेसबुक मार्फत प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन सबैलाई आग्रह समेत गरेका छन्  ।


‘बाढीपहिरोबाट सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्ने हामी सबैको कर्तव्य भएको कुरा उल्लेख गरेका छन्  ।

अन्य समाचारहरु