ठुलापोखराका मृगौला पीडित किशोरलाई आर्थिक समस्या, छोरा बचाईदिन परिवारको हारगुहार

ठुलापोखराका मृगौला पीडित किशोरलाई आर्थिक समस्या, छोरा बचाईदिन परिवारको हारगुहार


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६  ठुलापोखराका मृगौला पीडित किशोरलाई आर्थिक समस्या परेको छ । 


ठुलापोखराका शम्भु पौडेलका १८ वर्षिय मृगौला पीडित कान्छा छोरा  भोजराज पौडेललाई थप उपचार गराउन आर्थिक समस्या परेको हो ।

भोजराजलाई २ महिना अघि मृगौला फेल भएको डाक्टरले बताएका थिए । उनलाई बुटलवको सामुदायिक मुटु अस्पतालमा हप्ताको २ पटक  डाइलासिस गराउन पर्ने र रगत किन्न पर्ने भएकोले परिवारले आर्थिक कारणले थप उपचार गराउन नसक्ने भएको छ । 

परिवारको पनि आर्थिक अवस्था दयनिय रहेको छ । छोराको उपचारलाई परिवारले सम्पूर्णमा हारगुहार गरेका छन् । 

भोजराजलाई सक्दो सहयोग गरी बच्चाउन तलको बैंक खातामा तथा विवरण अनुसार पैसा जम्मा गरिदिन सकिनेछ । 

 E Sewa ID: 9860377512 
1260050084784 मेगा बैंक

अन्य समाचारहरु