शंखेटारीमा सन्धिखर्क-२ को लगभग १ करोडमा नयाँ वार्ड कार्यालय बन्दै (तस्बिरहरु)

शंखेटारीमा सन्धिखर्क-२ को लगभग १ करोडमा नयाँ वार्ड कार्यालय बन्दै (तस्बिरहरु)


शोभाखर पन्थी 

शंखेटारी, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं.२ ले कार्यालय भवन बनाउन लागेको छ । सन्धिखर्क-२ शंखेटारीमा निर्माणाधीन भवनमा एउटा बैठक कक्ष सहित नौवटा कोठा बनाउन लागिएको हो । 


सन्धिखर्क नगरपालिका द्वारा बिनियोजित १ करोड ५८ लाख रुपैयाँ मध्ये ठेक्का लगाउँदा  ९५ लाख १० हजार ९ सय ८ रुपैयाँको लागतमा निर्माणकार्य भैरहेको सन्धिखर्क नगरपालिकाका सव-ईन्जिनियर नारायण पोख्रेलले बताउनुभयो ।


भवनको एक समारोहबीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै उहाँले नगरको चौतर्फी बिकासको निम्ति आफुहरु सचेत रहेको बताउनुभयो ।  सन्धिखर्क लाई आर्थिक,भौतिक ,सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न गर्ने गरि युद्ध स्तरमा काम भैरहेको उहाँको भनाइ  थियो   । नेपाली कंग्रेसका नेता समेत रहनु भएका नगर प्रमुख भुसालले सन्धिखर्क लाई हराभरा ,सुबिधा सम्पन्न र बिकसित नगरपालि बनाउने प्रयासमा आफु निरन्तर लागिपरेको भन्दै सहयोगको लागि सबै पक्ष‍को ध्यानाकर्षण समेत गराउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क.किशोरले सन्धिखर्क नगरपालिकालाई नमुना नगर बनाउने गरि काम भैरहेको  बताउनुभयो । उहाँले सस्तो लोकप्रियता भन्दा पनि दीर्घकालीन सोंचका साथ बिकासको कामलाई तिब्रता दिईएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहनु भएका बि.क.ले नगरमा शिक्षा ,स्वास्थ्य ,बिद्युत,यातायात,खानेपानी लगायतका पुर्वाधार निर्माणको काम भैरहेको भन्दै उहाँले सामाजिक न्याय सहितको बिकास र समृद्धिको पक्षमा आफु दृढ रहेको बताउनुभयो ।


सन्धिखर्क वडा नं.-२ का अध्यक्ष मोतिजङ्ग रायमाझीको अध्यक्षता र वडा सदस्य शुष्मा श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,शाखा अधिकृत मञ्जु खनाल ,वडा नं. १ का अध्यक्ष युवराज बन्जाडे,५ का अध्यक्ष राजेन्द्र भुसाल ,८ का अध्यक्ष नारायण अर्याल , समाजसेवी केवी भुसाल , मुकुन्दराज आचार्य,श्यामबहादुर भुसाल ,कमल प्रसाद घिमिरे ,नारायण खड्का ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल,प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी ,सन्धिखर्क एफ.एम. का स्टेसन म्यानेजर श्यामप्रसाद घिमिरे लगायत वडा सदस्यहरु संघ संस्थाका प्रतिनिधि ,राजनीतिक दलका स्थानीय नेता लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । 

    सन्धिखर्क नगरपालिका वडा न. २ को वडा कार्यलय भबन निर्माणको  शिलन्यास भएको छ सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता मा गरिएको शिलन्यास कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , शाखा अधिकृत मन्जु खनाल वडा अध्यक्ष हरु विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि हरु कार्यपालिका सदस्य हरु स्थानीय समाजसेबि तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।

अन्य समाचारहरु