भूमिकास्थान नगरपालिका अगाडि शिक्षकहरुको धर्ना, खाेप सुनिश्चितता गर्न माग (फोटो सहित)

भूमिकास्थान नगरपालिका अगाडि शिक्षकहरुको धर्ना, खाेप सुनिश्चितता गर्न माग (फोटो सहित)



अर्घाखाँचीडट्कम संवाददाता  

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका अगाडि नेपाल शिक्षक महासंघले आफ्नो मागहरु पूरा गर्न  भन्दै  अगाडि आज धर्ना कार्यक्रम गरेको छ । 


 चरणबद्द आन्दोलनको क्रममा आज असार अठार गते भूमिकास्थान नगरपालिकाको प्राङ्गणमा पनि शिक्षकहरुले बिहान नौ बजे देखि एक बजे सम्म धर्ना कार्यक्रम गरेका थिए ।

शिक्षकहरुलाइ स्कुल संचालन हुन भन्दा अगाडि कोभिड बिरुद्दको खोप लगाउनु पर्ने , राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने , संघिय शिक्षा एन जारी गर्नुपर्ने र बाल बिकास शिक्षिका हरुको पारिश्रमिक उचित  ब्यबस्थापन गर्नुपर्ने , बिधालय कर्मचारिहरुको समस्या सुनुवाइ गर्नुपर्ने जस्ता माग राख्दै शिक्षक महासंघ आन्दोलनमा निरन्तर छ ।


आन्दोलनरत शिक्षकहरुले हाम्रो माग पूरा गरा , संघिय शिक्षा एन जारी गर जस्ता प्लेकार्ड छातीमा टासेरं सभ्य रुपमा शान्तिपुर्ण धर्ना गरेका थिए ।

फोटो: हरि प्रसाद भुसाल 

अन्य समाचारहरु