ढाकावाङका एक युवाको दुवईमा कोरोना संक्रमणका कारण निधन

ढाकावाङका एक युवाको   दुवईमा कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 

दुवई (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान वार्ड नम्बर २ ढाकावाङका एक युवाको संयुक्त अरब इमिरेट्स (युएई) को दुवईमा कोरोना संक्रमणका कारण निधन भएको छ । 

ढाकावाङको माझीगाउँका हरि प्रसाद चुदालीका २६ वर्षिय छोरा राजेन्द्र चुदालीको कोरोना संक्रमणका कारण दुवईमा निधन भएको हो ।

राजेन्द्र केही वर्षदेखि वैदशिक रोजगारको सिलसिलामा दुवईमा रहेका थिए । उनको हिन्दु शशान घाट नयाँ सोनापुर कब्रिस्तानमा अन्तिम संस्कार गरिएको अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष कृष्ण भुसालले बताए ।

साथै दाहसंस्कारको लागि नेपालबाट बुवा आमाको मन्जुरीपत्र तथा एनओसी पत्र लिई अनुमती लिईएको थियो । 

अन्य समाचारहरु