अब प्रदेश सरुवा रोजेका कर्मचारीले ७ वर्षसम्म अर्को प्रदेशमा जान नपाउने

अब  प्रदेश सरुवा रोजेका कर्मचारीले ७ वर्षसम्म अर्को प्रदेशमा जान नपाउने

 प्रदेश छनोट गरि सरूवा हुन चाहेका कर्मचारीलाई नेपाल विद्युत प्राधिकरणले नाम फिर्ता लिने मौका दिएको छ।

क्षेत्रीयस्तरको विज्ञापनबाट नियुक्त सहायक स्तरका कर्मचारीको सरुवाका लागि भन्दै प्राधिकरणले एक पटक प्रदेश छनोट गर्ने मौका दिएको थियो।

गत फागुन २ गतेदेखि चैत्र २ गते सम्म प्रदेश रोजेका कर्मचारीले एक पटक सरुवा भइसकेपछि कम्तिमा ७ वर्ष पूरा भएपछि मात्र अन्य प्रदेशमा सरुवा हुन पाउने व्यवस्था छ। महिला र अपाङ्गको हकमा पनि ५ वर्ष पुरा नभइ अर्को प्रदेशमा सरुवा हुन नपाउने व्यवस्था छ।

त्यसैले कुनै कर्मचारी १-२ वर्षमै अन्य प्रदेशमा जाने चाहेमा अहिले रोजेको प्रदेशबाट नाम फिर्ता लिन सकिने प्राधिकरणले जनाएको छ।

त्यसका लागि प्राधिकरणको प्रशासन निर्देशनालयमा लिखित जानकारी गराउनुपर्ने हुन्छ।

‘क्षेत्रीयस्तरको विज्ञापनबाट नियुक्त भएका सहायक स्तरका कर्मचारीहरुको सरूवा प्रयोजनार्थ एक पटकको लागि प्रदेश छनोटको अवसर प्रदान गर्ने सम्बन्धमा गठित समितिको प्रतिवेदन अनुसार प्रदेश छनोटका लागि मिति २०७७/११/०२ देखि २०७७/१२/०२ सम्म जनसाधन विभागमा आवेदन दर्ता गराएका कर्मचारीहरुले छनोट गरेको प्रदेशको जुनसुकै कार्यालयमा सरुवा गर्न सकिने र समायोजन पश्चात उक्त प्रदेशमा पुनः नेपाल विद्युत प्राधिकरण, कर्मचारी सेवा शर्त विनियमावलीको विनियम ४८ (५) बमोजिमको अवधि (महिला तथा अपाङ्गका लागि ५ वर्ष र अन्यलाई ७ वर्ष) पुरा भएपछि मात्र अन्य प्रदेशमा सरुवा हुन सक्ने व्यवस्था भएकोले हाल प्रदेश छनौटको लागि आवेदन गरेका कर्मचारीहरुमध्ये उल्लेखित प्रक्रियामा सहभागी हुन नचाहने कर्मचारीले मिति २०७७/१२/२७ गते भित्र केन्द्रीय कर्मचारी प्रशासन शाखाको इमेलः centraladmin@nea.org.np मा लिखित जानकारी गराउन सकिने व्यहोरा सूचित गरिन्छ’, प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ। सेतोपाटीमा समाचार छ ।


अन्य समाचारहरु