सन्धिखर्कमा पर्सी एकीकृत समाजवादीले बृहत् कार्यकर्ता भेला गर्दै | माधव कुमार नेपाल आउने, तयारी पुरा

सन्धिखर्कमा पर्सी एकीकृत समाजवादीले बृहत् कार्यकर्ता भेला गर्दै | माधव कुमार नेपाल आउने, तयारी पुरा


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आगामी मंसिर १८ गते नेकपा (एकीकृत समाजवादी) ले जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको बताइएको छ ।  


सन्धिखर्कमा आगामी मंसिर १८ गते शनिवार एकीकृत समाजवादीले जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।  प्रशिक्षणमा प्रमुख अथिती पार्टी अध्यक्ष एवम् पुर्व-प्रधानमन्त्री माधव कुमार नेपाल आउने भएका छन् । 


एमालेबाट टुक्रिएर नयाँ पार्टी गठन भएपछि एकीकृत समाजवादीले पहिलो पटक अर्घाखाँचीमा ठुलो सभाको आयोजना गरेको छ । 

अन्य समाचारहरु