बधाई छ पराजित मेयर कविराम

बधाई छ पराजित मेयर कविराम
कृष्ण बन्जाडे

बधाई छ पराजित मेयर कविराम 
तर पराजित ठान्दैन म 
अबिर दल्न पाएनन् जनता 
तिम्रो हिम्मत कम मान्दैन म

आफ्नै आस्थामा अघि बढेयौ 
अरूको बैसाखी देखिन म 
सोचेभन्दा हृदय फराकिलो रहेछ 
कुनै बनावटी लेखिन म

जित हुने छ तिम्रो र तिम्रो आस्थाको 
इन्जिन कमजोर ठान्दैन म 
सङ्ख्याले पछि परेयौ 
तर विचारको हार मान्दैन म

विद्धजहरूको स्टाटस पढेॅ म
विचरा ! बौद्धिक दरिद्रता बाहेक देखिन म 
काडाँको बीचमा गुलाब भयौ तिमी 
जनताको आलोमन भक्कानिन्छ, धेरै लेखिन म 
धेरै लेखिन म ।।।
यस भूमिकास्थान नगरपालिकामा बिभिन्न राजनितिक दलहरूबाट बिभिन्न पदमा विजयी सम्पूर्ण टिमको सफल कार्यकालको शुभकामनासहित बधाई ।।