अर्घाखाँची घर भएका कलाकार श्रीकृष्ण घर्ती मिरे अभिनीत लोक गीत परेवाको दिल्लीमा छायांकन सम्पन्न

अर्घाखाँची घर भएका कलाकार श्रीकृष्ण घर्ती मिरे अभिनीत  लोक गीत परेवाको दिल्लीमा छायांकन सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता

नयाँ दिल्ली । अर्घाखाँचीमा घर भई हाल भारतको राजधानी नई दिल्लीमा रहेका कलाकार श्रीकृष्ण घर्ती मिरेको अभिनय रहेको लोक गीत परेवाको छायांकन सम्पन्न भएको छ । 


राजधानी दिल्लीमा कलाकार श्रीकृष्ण घर्ती मिरेको अभिनय रहेको लोक गीत परेवाको छायांकन सम्पन्न भएको हो ।

चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर र गायक चेतन गोतामेको स्वर रहेको छ । यस्तै यस म्यूजिक भिडियोमा श्रीकृष्ण घर्ती मिरे सहित  अम्बिका गिरी, सन्तोष भुसाल र सिबानी लगायतका कलाकारको अभिनय रहेको छ ।


साथै लय शब्द बिजय आनुरागीले दिएको उक्त गीतमा थेगो पनि श्रीकृष्ण घर्ती मिरेको रहेको छ । 


केही समयमा उक्त लोक गीत परेवा सार्वजनिक हुने बताइएको छ । 

अन्य समाचारहरु