लोक गायक तथा सर्जक मोतिराज खनालको गाइजात्रामा नेतालाई झटारो सार्वजनिक (भिडियो सहित)

लोक गायक तथा सर्जक मोतिराज खनालको गाइजात्रामा नेतालाई झटारो सार्वजनिक (भिडियो सहित)


दिपक भुसाल 

काठमाडौं । गायक मोतिराजको शब्द चुमान काउछा मगरको लय तथा एरेन्जमा २०७८ सालको गाइजात्रा मन्जरी डिजिटलले बजारमा ल्याएको छ । जसमा देबेन्द्र काउछा जि एम र बन्दना पाण्डेको आवाज रहेको छ ।


नेताहरुमाथी ब्याङ्यबाण हानिएको गाइजात्रामा कलाकार मोतिराज खनाल / मटुलेबा , गान्धिभ सुबेदी , रोशनी न्यौपाने , सजिना लामिछाने , केशब पाण्डे / मुस्काने जेठा , लक्ष्मण चापागाइ / थैले , गीता पराजुली , शिभाङ्गी क्षेत्री को जोडदार अभिनय रहेको छ । गाइजात्रामा बेथिति र बिसङ्गतीको उजागर गरिएको छ । कमेडियन कलाकार मोतिराज खनाल मटुलेबा र रोशनी न्यौपाने बाटुली आमाको भुमिकामा कबिताको सैलीमा बाचन गरेको गाइजात्रा निकै रोमाञ्चित छ ।

निकै मिठो गीतको लयमा बनेको गाइजात्राले नेपालको परिबेशलाइ झल्काउन खोजेको देखिन्छ । गाइजात्राको भिडियोमा सबै कलाकारहरुको दमदार प्रस्तुति रहेको देख्न सकिन्छ । यो गाइजात्राको भिडियो सम्पादन र प्रकाशको काम देबेन्द्र काउछा जि एम ले गरेका हुन त्यस्तै क्यामेरामा र कलर गर्ने काम दिपक काउछाले गरेका थिए । यस भिडियोको डाइरेक्सन चुमान काउछाले गरेका थिय ।

कलाकार मोतिराज खनालका शब्द लय र आवाजमा रहेका थुप्रै गित बजारमा आइसकेका छन गाइजात्रा भने खनालको दोस्रो प्रस्तुति हो । गत महिना खनाल र काउछाको जम्काभेट तिजगीत जनसास्कृतिक महासंघ बाट बिमोचन गरिएको थियो उक्त गीतको अहिले पनि बजारमा चर्चा छ ।

अन्य समाचारहरु