युएईमा जागौँ नेपाल राष्ट्रिय अभियान प्रवासको ६ सदस्यीय समिती गठन

युएईमा जागौँ नेपाल राष्ट्रिय अभियान प्रवासको ६ सदस्यीय समिती गठन

अर्घाखाँचीडट्कम संवाददाता  

दुबई, युएई (अर्घाखाँचीडट्कम) । युएईमा जागौँ नेपाल राष्ट्रिय अभियान प्रवास समितिले शाखा गठन गरेको छ। प्रवास केन्द्रीय समिति तथा युरोप शाखा केन्द्रीय समितिको संयुक्त जुम बैठकबाट रमेश बिसुन्केको संयोजकत्वमा उक्त शाखा गठन गरिएको हाे । समितिमा सह-संयोजक जीवन भण्डारी,सदस्य सचीव कृष्ण खड्का,कोषाध्यक्ष जनक खड्का, सदस्य तिर्थ पाण्डे,सदस्य बिशाल बि.क. गरि ६ सदस्यीय समिती गठन भएको हाे।

जागौँ नेपाल प्रवास समिति दुबई(युएई) लाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ । प्रवास केन्द्रीय संयोजक सन्तोष तिमल्सिनाको अध्यक्षतामा शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न भएको हाे ।कार्यक्रमकाे संचालन प्रवास केन्द्रीय प्रवक्ता अग्नि राम देवकोटा ज्युले सञ्चालन गरेका थिए ।

प्रवास केन्द्रीय समिति र युरोप समितिको संयुक्त रूपमा गरिएको जुम बैठकमा नवगठित पदाधिकारीहरुको परिचयबाट सुरु भएको उक्त कार्यक्रम प्रवास संयोजक सन्तोष तिमल्सिना, सह- संयोजक भोजराज न्यौपाने,प्रवास सचिव सरस्वती खनाल,युरोप संयोजक शक्ति भट्टराई,सह- संयोजक सरिता मल्लले आ-आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रवास संयोजकले जागौँ नेपाल राष्ट्रिय अभियानको मुल मर्म,यसको उद्देश्य, गर्नुपर्ने काम,संघठानिक विधि पद्धतिको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।कार्यक्रम सञ्चालक अग्निधर देवकोटा (प्रवास प्रवक्ता) ले बधाई तथा शुभकामना व्यक्त गर्दै अभियानको बारेमा समसामयिक विषयहरु समेटेर आफ्ना भनाइ राखेका थिए ।

युरोप संयोजक शक्ति भट्टराईले आफ्नो मन्तव्य दिने क्रममा युरोपमा कसरी संगठन बिस्तार गर्न सकिन्छ भन्ने बारेमा प्रष्ट पारेका थिए। प्रवास सह-संयोजक भोजराज न्यौपाने,सचिव सरस्वती खनाल,युरोप सह संयोजक सरिता मल्लले पनि बधाई दिदै आफ्नो भनाइ राख्दै हामी कसरी एकजुट भएर यो अभियान सफल पार्ने सकिन्छ भन्ने बारेमा प्रष्ट पारे।

सबैको भनाइ समग्रमा समुन्नत नेपाल,भ्रष्टाचार मुक्त समाज,बिकसित र शान्तिपुर्ण देश बनाउन कुनै बिना सशस्त्र आन्दोलन,तोडफोड,आगजनी र बिना कुनै क्षति पनि भ्रष्टाचार मुक्त बिकशित मुलुक बनाउन सकिन्छ त्यसका लागि सम्पूर्ण नेपाली एकजुट हुनुपर्छ भन्ने तात्पर्य थियोे। जागाै नेपाल राष्ट्रिय अभियानले विश्वका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार कार्यलाई तिव्रता दिएको छ ।

अन्य समाचारहरु