अर्घाखाँचीमा ५७ औं राष्ट्रिय बाल दिवस - २०७८ विभिन्न कार्यक्रम गरी मनाईयो

अर्घाखाँचीमा ५७ औं राष्ट्रिय बाल दिवस - २०७८ विभिन्न कार्यक्रम गरी मनाईयो


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ५७ औं राष्ट्रिय बाल दिवस बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।


जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,   पाणिनी गाउँपालिका  र छत्रदेव गाउँपालिकामा यस वर्षको बालदिवसको नारा “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ मनाईएको हो ।


नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।

अन्य समाचारहरु