मेराे सिन्दूर (कविता )

मेराे सिन्दूर (कविता )

पिताम्बर भट्टराई

साेह्र बर्षे कलीलाे जवानी
तपाईं कुमार केटा हुनु हुन्थ्याे
मपनि कुमारी थिएं
याैटै गाेरेटाेमा हिड्ने
दुई पृथक यात्री जस्ता थियाैं
तर दुबैकाे गन्तब्यस्थल एउटै थियाे
बाटाेमै हाम्राे भेट भयाे
बाटाेमै हाम्राे भलाकुसारी भयाे
सङ्सगै हिड्ने एउटा प्रण गर्याै
तपाईलाइ मेराे अाबस्यकता थियाे
मलाइ तपाइकाे अाबस्यकता थियाे
तपाईं मलाइ सिन्दुर पहिर् याउनु भयाे
अनि भन्नुभयाे
याे बैरीकाे रगतकाे प्रतीक हाे
जब सम्म हामी किसानका बैरीहरु
मजदुर सर्बहाराका बैरीहरु
बलीका बाेका जस्तै छप्टेर
रगतकाे हाेली खेल्न सक्दैनाै
म मरेपनि तिम्राे सिउदाेकाे सिन्दुर
साेषित बर्गलाइ बाटाे बताइ रहाेस
ऐले तपाइका इक्षाहरु पूरा नहुंदै
बैरीहरुले तपाइलाइ मारिदिए
तर तपाइले लगाइ दिएकाे सिन्दुर
म मेटेकी छैन
बरु तपाइले भनेकै बाक्यहरु
सिउदाकाे दायाँ बायाँ
सिन्दुरले लेखेकी छु
एउटा अन्जानले सम्म बुझ्ने गरि।