वाङ्लामा चितुवाको आक्रमणबाट मृतकका परिवारलाई वन कार्यालयले रू ५० हजार राहत दियो

वाङ्लामा चितुवाको आक्रमणबाट मृतकका परिवारलाई वन कार्यालयले रू ५० हजार राहत दियो

केशबराज ज्ञवाली 

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  सन्धिखर्क नगरपालिकाको वार्ड न ४ वाङ्लाको अमलडाँडामा चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाइ डिभिजन वन कार्यालयले राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । 

हिजो बैशाख १२ गते साझ स.न.पा ४अमलडाडा मा भएको चितुवाको आक्रमण बाट मृत्यु भएका मृतक काे घरमा पुगेर राहत स्वरूप रू ५०००० ( पचास हजार) प्रदान गरिएको हो ।

 जिल्ला बन डिभिजन अर्घाखाँचीका  निमित्त डिभिजन वन अधिकृत मदन प्रसाद ढुङ्गाना सहितको टोलिअमलडाडा पुगि घटना बाट बिक्षिप्त परिवारलाइ सान्त्वना दिदै चितुवा लाई नियन्त्रणमा लिन र थप मानविय क्षति हुन नदिन चितुवाको आवत  जावत काेरिडाेर पाईला दिसा पत्ता लगाई ट्र्यापिङ्ग  केज राख्ने परने ब्यबस्थापन  मिलाउन समेत  माताहतका कर्मचारिलाइ लाई निरदेशन दिनु भएको भयो ।

बिहिवार सांझ करिब सात बजेको समयमा अमलडाडामा ७ बर्षिय बालकको चितुवाको आक्रमण बाट मृत्यु भएको थियो ।

अन्य समाचारहरु