सुवर्णखालको हल्देमा कांग्रेसको टोल समिती गठन कार्य सम्पन्न

सुवर्णखालको हल्देमा  कांग्रेसको टोल समिती गठन कार्य सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता

सुवर्णखाल,  अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १  सुवर्णखालको हल्देमा नेपाली कांग्रेसको टोल समिती गठन कार्य सम्पन्न भएको छ । 


सुवर्णखालको हल्देमा आज बुधवार कांग्रेसको टोल समिती गठन कार्य सम्पन्न भएको हो ।

साथै मोति बहादुर सारुको सभापतित्वमा १५ सदस्यीय टोल समिति गठन भएको छ। 

सुवर्णखालका सभापति शान्त बहादुर सारुको सभापतित्व, अर्घाखाँची प्रदेश शभा( ख ) का सभापति हेमन्त बेल्बासेको प्रमुख आतिथ्यता, शिक्षक शंघ जि.का समिती सह सचीव कृष्ण खनालको बिशिस्ट आथित्यता, नेपाल विद्यार्थी शंघ जिल्ला सदस्य अंकित अधिकारीको आतिथ्यता तथा क्षेत्रिय प्रतिनिधि चिरञ्जीवी बेल्बासेको सन्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु