अर्घाखाँचीभरका पालिकामा माओवादी केन्द्र निकट एकीकृत शिक्षक संगठनले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझायो

अर्घाखाँचीभरका पालिकामा माओवादी केन्द्र निकट एकीकृत शिक्षक संगठनले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझायो

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै पालिकामा नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।  


 एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश परिषदको निर्णय अनुसार लुम्बिनी प्रदेश सबै स्थानीय तहमा शैक्षिक तथा पेशागत मागहरु कार्यान्वयनको लागि ज्ञापनपत्र बुझाउन्ने कार्यक्रम अन्तर्गत अर्घाखाँचीका सबै पालिकाहरुमा ज्ञापनपत्र बुझाएको हो ।


यस्तै क्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन सन्धिखर्क नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगरपालिका मागहरू प्रति सकारात्मक भएको र सक्दो सम्बोधनको प्रतिबद्धता जनाएको छ । उक्त कार्यक्रम पालिका अध्यक्ष रबिन्द्र खडका, पालिका सचीव चिरञ्जीवी भुसाल, राहतका अध्यक्ष बिक्रम भुसाल,  जिल्ला उपाध्यक्ष माधवा भुसाल, नगर संगठन सदस्य सुमन पोख्रेल रुपा भुसाल लगायत २० जनाको सहभागिता थियो ।


साथै एकीकृत अखिल नेपाल शिक्षक संगठन शितगंगा नगर कार्य समितिले नगरपालिकालाई आज बुधाबार ज्ञापन पत्र बुुझाएको छ । लुम्बिनी प्रदेश अन्तरगतका १२ जिल्लाका सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी र शिक्षा शाखाका प्रमुख नगेन्द्र नेपाललाइ पत्र बुुझाईएको हो । राष्ट्रिय ९ र स्थानीय ६ वटा गरि विभिन्न १५ बुदेँ माग राखिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन शितगंगाका अध्यक्ष धर्मराज खनालले जानकारी दिनुभयो । ज्ञापन पत्रमा शिक्षामा २० प्रतिशत भन्दा बढी बजेट विनियाेजन गर्नु पर्ने, राज्यले घाेषणा गरेकाे तहसम्मकाे शिक्षा अनिवार्य  र निशुल्क पुर्ण रूपमा कार्यान्वयन गर्नु पर्ने, तहगत र विषयगत दरबन्दिकाे व्यवस्था गर्नु पर्ने, नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच गरिएका सम्झौता तुरुन्त लागू गर्नु पर्ने, वालविकास शिक्षक र विद्यालय कर्मचारीहरुका माग अविलम्ब पूरा गर्नु पर्ने, लगायतका राष्ट्रिय माग सहित स्थानिय मागहरू राखेका छन् ।


संगठनका जिल्ला काेषाध्यक्ष तथा नगर इन्चार्ज नवराज न्याैपाने, राहत विभागकाे नगर संयाेजक, राहत विभागकाे जिल्ला कमिटी उपाध्यक्ष विष्णु खनाल, जिल्ला संगठन सदस्य भेषराज बेल्बासे लगाएतका प्रतिनिधिमुलक पदाधिकारी तथा सदस्यहरु र संगठनमा आवद्ध सदस्यहरु नगरपालिकाको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।  


साथै छत्रदेव प्रदेश सदस्य दिनानाथ पराजुली, मालारानीमा जिल्ला सचिव तथा पालिका इन्चार्ज बसन्त खड्का र पालिका सचिव चुरा बहादुर चौहान, भुमिकास्थानमा पालिका अध्यक्ष सुन्दर सिंह, पाणिनीमा जिल्ला उपाध्यक्ष तथा पालिका इन्चार्ज टेक नारायण गैरे ,पालिका सचीव निलकान्थ घिमिरेले नेतृत्व गर्नु भएको थियो । 

साथै ज्ञापनपत्र बुझ्दै सबै पालिकाहरुले मागहरू प्रति सकारात्मक भएको र सक्दो सम्बोधनको प्रतिबद्धता जनाएका थिए ।                

अन्य समाचारहरु