कुलेन्द्र बिक
नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
मासिक तलव, कोभिड भत्ता पाउनु पर्ने माग राखेर आज प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गरेका छन् । उनीहरुले तीन महिनादेखि तलव भत्ता नपाएको बताए ।
आफ्नो ज्यानको प्रवाह नगरि कोभिड महामारीमा खटिँदा समेत जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आक्रोशित भएका हुन् । आन्दोलनरत स्वास्थ्यकर्मीहरुले बाँकी तलव र जोखिम भत्ता एकमुष्ट पाउनुपर्ने माग गरेका छन् । माग सम्वोधन नभए थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
अस्पतालका उपनिर्देशक श्याम शर्माले कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलवभत्ता दिन सक्ने अवस्थामा अस्पताल प्रशासन नरहेको बताउनुभयो ।