डिभर्नाका सन्तबहादुर बिकले अन्तत: व्हिलचियर पाए

डिभर्नाका सन्तबहादुर बिकले अन्तत: व्हिलचियर पाए


२०७८ आश्विन १८, सोमवारमा प्रकासित

जनक प्रसाद बस्याल

डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -१२ डिभर्नाका सन्तबहादुर बिकले व्हिलचियर पाएका छन् । 


अर्घाखाँचीडट्कमले भिडियो सहित एक समाचार प्रकासित गरेपछि सन्धिखर्क नगरपालिकाको आयोजना  महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा शारीरिक अपांगता भएका ६१ वर्षिय सन्तबहादुर बिकलाई व्हिलचियर हस्तान्तरण गरिएको हो । 


व्हिलचियर हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, वार्ड नम्बर  १२ का वार्ड अध्यक्ष नारायण खड्का, कार्यपालिका सदस्य हिमकला टमटा, महिला बालबालिका  तथा जेष्ठ नागरिक शाखाकी प्रमुख बेल कुमारी परियार लगायतको उपस्थिति रहेको थियोे ।

सन्तबहादुर बिकको बारेमा: 

सन्धिखर्क नगरपालिका वार्ड नम्बर -१२ डिभर्नाका सन्तबहादुर बिकको जीवनी कहाली लागो छ । उहाँको गणित पढाउने शैली निकै राम्रो थियो।कक्षा १० सम्म निर्धक्क पढाउन सक्ने,सधै सरल मिजास र हँसिलो मुहार तर उहाँ अहिले सहज तरिकाले हिँडडुल गर्न सक्नुहुन्न।वि. स.२०१९ बैशाख १९ गते तत्काल डिभर्नामा जन्मनुभएका सन्तबहादुर बिकको कक्षा ५ सम्मको पढाइ श्री बाल प्रा वि तुम्कोटमा भएको हो।बिजय मा वि डिभर्नामा कक्षा ६ मा अध्यन गर्दा बुढानिलकण्ठ बिध्यालयमा छात्राबृत्ति पाएर काठमाडौमा पढेर सिनियर तहमा १२ कक्षा प्रथम श्रेणीमा पास गरि घर फर्किनु भोयो । त्यसपछि अध्यापन पेशामा सङ्लग्न हुनुभयो ।  गणित राम्रोसँग आउने उहाँले बाँसगढी काठमाडौंमा १ वर्ष, सिन्धुप्लान्चोक ७वर्ष ,अर्घाखाँची बोर्डिङ -७वर्ष ,सनराइज बोर्डिङ ८ वर्ष अध्यापन गर्नु भयो। यहि क्रममा २१ वर्ष अगाडि गाग्रोमा पानी लिएर आउँदा सानो सिढिमा चिप्लिएर लड्दा कम्मरमुनिको भाग नचल्ने अवस्था आईपुग्यो। अहिले उहाँको  जीवन अत्यन्तै कष्टकर छ। २ छोरी र एक छोराका अभिभावक सन्तबहादुरलाई श्रीमती बाटुली बिकले सघाइरहनु भएको छ। श्रीमती बाटुली बि क ले घर नजिकै सानो चाउचाउ र बिस्कुटको पसल खोल्नुभएको छ।


फोटो: अशोक खनाल

अन्य समाचारहरु