अर्घाखाँचीका ३ जनाको लखनऊमा शनिवार भएको बस दुर्घट्ना परि मृत्‍यु

अर्घाखाँचीका ३ जनाको  लखनऊमा शनिवार भएको बस दुर्घट्ना परि मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 

बुटवल । भारतको दिल्लीबाट नेपाल आउँदै गरेको यात्रुबाहक बस लखनऊमा दुर्घट्ना हुँदा अर्घाखाँचीका ३ जनाको मृत्‍यु भएको छ ।

bahraich tourist bus accident

दिल्लीबाट नेपाल आउँदै गरेको यात्रुबाहक टूरिस्ट बस लखनऊ बहराइच मार्ग स्थित बंजारी मोड़ (कोतवाली देहात क्षेत्र) मा दुर्घट्ना हुँदा अर्घाखाँचीको सिमलपानीका ४० वर्षिय अजय नाम गरेका चालक, डिभर्ना झेड़ीका ४८ बर्षिया राधा थापा र उमेर नखुलेका  भारत थापाको मृत्‍यु भएको भारतटाईम्सले उल्लेख गरेको छ । 
   
यस्तै १२ यात्रु घाईते भएका छन् । घाइतेलाई लखनऊ ट्रामा सेंटर र मेडिकल कलेज बहराइचमा भर्ना गरिएको छ । भने गाडीमा १७ जना सवार थिए ।

शनिवार करिव ८ बजे ८७८५ नम्बरको बससँग युपी ४० टि ०८२४  नम्बरको ट्यांकर एकआपसमा ठोक्किएका थिए । मृतकको शब नेपाल ल्याईसकेको छ । 

साथै शुक्रवार राती ११ बजे दिल्लीबाट छुटेको बसमा अन्य नेपाली  मजदूरहरु पनि सवार भएको बताइएको छ ।  


अर्घाखाँचीका ३ जनाको  लखनऊमा शनिवार भएको बस दुर्घट्ना परि मृत्‍यु

अन्य समाचारहरु