अर्घाखाँचीकी मन्जु खनाल टिकटकमा छाउदै, अन्तरवार्ता दिन भ्याइनभ्याई

अर्घाखाँचीकी मन्जु खनाल टिकटकमा छाउदै, अन्तरवार्ता दिन भ्याइनभ्याई


हरि कुँवर

खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -३ खनदह माइत हाल बुटवल बेलबास बसोबास गर्दै आएकि मन्जु खनाल पोख्रेल यतिबेला टिकटक चलाएर चर्चित बन्न पुगेकी छन । एक वर्ष नपुग्दै ढेड लाख भन्दा धेरै साथी बनाइ सकेको दावी गरीकी हुन । कमेडी टिकटक स्टार मन्जु लाई अहिले इन्टरव्यु दिन्न भ्याइनभ्याई छ ।


महामारी को समयमा टिकटक समय बिताउने माध्यम मात्र नभई ज्ञानवर्धक शरीरको कसरत को लागि समेत मद्दत पुराएको छ ।  "टिकटक" एउटा  सोशल मीडिया ऐप्लिकेसन हो । यो एप्लिकेसन बाट ज्ञानगुन , डान्स , कमेडीका सानातिना भिडियो बनाएर सेयर गर्न सकिन्छ ।

'बाइट डान्स'  कंपनी ले चीनमा सन २०१६ मा 'टिकटक' लॉन्च गर्यो ।  त्येसपछि सन २०१८ सालमा 'टिकटक' एप्लिकेसन को लोकप्रियता बढ्दै गयो अक्टूबर  तिर अमेरिकामा सबै भन्दा धेरै डाउनलोड गरियो । विस्तारै एप्लिकेसन विश्व चर्चित बन्न पुग्यो । नेपालमा पनि यसको लोकप्रियता बढ्दै गएको छ।  गाउँघर तिर होस या शहर जताततै  छाएको छ ।

मन्जु खनाल पोख्रेलले गुल्मी अर्घाखाँची  तिरको गाउँ घरमा बोलिने आफ्नो मौलिक भाषा लाई प्रयोग गरेर ज्ञानवर्धक ,कमेडी भिडियो बनाउने गर्छिन् । टिकटकमा पछिल्लो समयमा बलाङकेट काण्ड , प्रदेशी को पिडा भनेर चर्चित भएको थियो ।

श्रीमान विदेश श्रीमती गाउँघर मेलापात गर्दा विदेशी को पीडा टिकटक को माध्यम बाट प्रस्तुत गरेकि थिन । जुन पन्ध्र सेकेन्ड को भिडियो अप्लोड गरेको एक घन्टामै एक लाख बैसठ्ठी हजार ले हेरेको बताइन ।  मन्जुले एघार महिनाको समयमा ढेड लाख भन्दा धेरै साथी बनाए पछि अहिले इन्टरव्यु दिन्न भ्याइनभ्याई रहेको बताइन । कमेडी चलचित्रमा समेत अफर आएपनी अहिले कुनै चासो नभएको मन्जु बताउछिन् ।

सामाजिक संजाल विश्वमा सजिलो र शक्तिशाली भएको छ। प्रत्येक भिडियो भित्र ज्ञानगुन लुकेको हुन्छ। नराम्रो  भिडियो पोस्ट भन्दा  सामाजिक मुद्दामा केन्द्रीत हुन सके सामाजिक संजाल अझ शक्तिशाली हुने मन्जु बताउछिन  ।
अर्घाखाँचीकी मन्जु खनाल टिकटकमा छाउदै, अन्तरवार्ता दिन भ्याइनभ्याई

अन्य समाचारहरु